राइड सेयरिङ ट्याक्सीमाण्डुले आज दिनभर नि:शुल्क सेवा दिने

२०७९ फागुन २ गते ११:०४
राइड सेयरिङ ट्याक्सीमाण्डुले आज दिनभर नि:शुल्क सेवा दिने


काठमाडौं। राइड सेयरिङ ट्याक्सीमाण्डुले दिनभरि नि:शुल्क सेवा दिने भएको छ।

TATA
GBIME

यातायात व्यवसायी र मजदुरले विभिन्न माग राखेर आन्दोलन गरेका कारण सार्वजनिक यातायात ठप्प बनेको छ। बन्दलाई समर्थन गर्दै यात्रुहरुको असुविधालाइ ध्यानमा राखेर बिहान १० बजेदेखि साझ ७ बजेसम्म निशुल्क सेवा संचालनमा  ल्याएको ट्याक्सीमाण्डुका  प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले बताए।

उनका अनुसार सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तब्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपमार्फत नि:शुल्क सेवा लिन सक्नेछन्।

यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भएपनि अत्यावश्यक सेवाको रुपमा रहेको यातायात बन्द गरिँदा सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निशुल्क सेवा सुचारु गरिएको उनको भनाइ छ।

 निशुल्क सेवा प्रयोग गर्न ‘नेपाल राइड’ प्रोमो कोड प्रयोग गर्नु पर्ने पनि केसीले बताए। ट्याक्सीमाण्डुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा निशुल्क गरिएको कम्पनीले जनाएको छ।

ट्याक्सीमाण्डुले  काठमाडौं उपत्यकामा ४५०० ट्याक्सी, पोखरामा १००० ट्याक्सी संचालन गरिरहेको छ। अहिले बाइकबाट पनि सेवा सुरु गरेको छ।


Sunrise Bank