नाडेप लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्द, किन रोकियो १०.५२% लाभांश दिने प्रस्ताव ?

२०७९ फागुन १ गते १६:०६
नाडेप लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्द, किन रोकियो  १०.५२% लाभांश दिने प्रस्ताव ?


काठमाडौं। नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ। लघुवित्तको माघ २९ गते बसेको संचालक सिमितिको बैठकको निर्णयले प्रस्तावित लाभांश रद्द गरेको हो।

TATA
GBIME

लघुवित्तले गत आवको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद ‍गरि कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

लघुवित्तका अनुसार डिप्रोक्स लघुवित्तको प्राप्ति सम्बन्धी सम्झौताको सर्त बमोजिम प्राप्ति कार्य सम्पन्न हुन नसकेका साथै सैद्धान्तिक सहमति बदर भएको छ।

तसर्थ अर्को कुनै वित्तीय संस्थासंग गाभ्ने, गाभिने वा प्राप्तिमा नगएसम्मका लागि सेयरधनीहरुलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएकाले लाभांश वितरण गर्ने प्रस्ताव रद्द गरिएको हो।

लघुवित्तले आव २०७७/७८ मा लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।


Sunrise Bank