
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने शुल्क शतप्रतिशतसम्म छुट दिने पाइने भएको छ।
२०७७ फाल्गुन १ गते देखि २०७९ फाल्गुन १ गतेसम्म पूर्ण व्यतीत भएका बीमालेखहरुमा छुट दिने कम्पनीले जनाएको हो।
उक्त बीमालेख आगामी चैत ३१ गतेसम्म नवीकरण गराएमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।
ब्याज छुट सुविधा २ वर्ष अगाडिदेखि पूर्ण व्यतीत भएका बीमालेखहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ।
छुट सुविधा बीमा अवधिभरमा एकपटक मात्र उपभोग गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।