ग्लोबल आएमई बैंक डिबेन्चरको बिक्री खुला, वार्षिक ब्याज दर ११.२५ प्रतिशत

बिजमाण्डू
२०७९ माघ २९ गते १५:१७ | Feb 12, 2023
ग्लोबल आएमई बैंक डिबेन्चरको बिक्री खुला, वार्षिक ब्याज दर ११.२५ प्रतिशत


काठमाडौं। ग्लोबल आइएमइ बैंकले वार्षिक ११.५ प्रतिशत ब्याज दिने ५ अर्बको ऋणपत्र ल्याएको छ। बैंकले ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ ऋणपत्र आइतबार सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको हो।

Tata
GBIME
Nepal Life

परिपक्क अवधि ५ वर्ष भएको यो ऋणपत्रको आकार ५ अर्बको छ। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमा ६० प्रतिशतले हुन आउने ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र यस बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

त्यसपछि बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरे बाँडफाँट समेत गरिएको छ। बाँकी १ अर्ब ९३ करोड बराबरको १९ लाख ३० हजार कित्ता ऋणपत्र आइतबारदेखि सर्वसाधरणमा बिक्रीका लागि खुला गरेको हो।

ऋणपत्रको वार्षिक ब्याजजदर ११.२५ प्रतिशत छ भने प्रति इकाइ न्यूनतम मूल्य १ हजारका दरले सो ऋणपत्र बिक्री गरिने छ। यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

ऋणपत्र खरिदका लागि छिटोमा फागुन ३ गते बैकिङ समयसम्म आवेदन दिनु पर्ने छ। उक्त समय सम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे ऋणपत्र निष्कासनको अवधि फागुन १४ गतेसम्म पुग्ने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।