अर्थमन्त्री पौडेलले बजेटको अर्ध-वार्षिक समीक्षा संसदमा प्रस्तुत गर्ने, मध्यावधि समीक्षा कति जरुरी ?



२०७९ माघ २९ गते १४:२९
अर्थमन्त्री पौडेलले बजेटको अर्ध-वार्षिक समीक्षा संसदमा प्रस्तुत गर्ने, मध्यावधि समीक्षा कति जरुरी ?


काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा संसदमा प्रस्तुत गर्ने भएका छन्। पूर्व अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको अर्धवार्षिक समिक्षा संसदमा प्रस्तुत गर्ने भएका हुन्।

TATA
GBIME

प्रतिनिधि सभा बैठक आइतबार दिउँसो ३ बजेलाई राखिएको छ। बैठकमा मन्त्री पौडेलले वर्तमान आर्थिक अवस्थाको विषयमा जानकारी गराउने छन्। चालु वर्ष सरकारले ल्याएको बजेट कार्यक्रम असफलतातिर धकेलिदै गएको छ।

सामान्यतया मध्यावधि समीक्षा संसदमा प्रस्तुत गर्ने चलन छैन। संसदबाटै पारित भएको बजेट समीक्षा संसदलाई नै जानकारी गराउनु असल अभ्यास हुने भन्दै मन्त्री पौडेलले नयाँ तरिका अपनाएका हुन्।

बजेटले राखेको कयौं कार्यक्रम रोक्नुपर्ने अवस्थामा मन्त्रालय छ। सरकारको खाता १ खर्बभन्दा बढिले ऋणात्मक हुँदा दबाब बढेको हो।

अर्थमन्त्रालयले चालु शीर्षकमा विनियोजित रकमहरु रोक्का गर्न सुरु नै गरिसकेको छ।

महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले ल्याएको बजेट कार्यक्रम राजस्व असुली कम भएपछि असफल बन्न थालेको छ। चालु वर्ष ल्याएको १७ खर्ब ९३ अर्बको बजेट २० प्रतिशत संशोधनको तयारी गरिएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विष्णु पौडेलले ल्याएको अध्यादेशबाट ल्याएको बजेट पूर्व मन्त्री शर्माले प्रतिस्थापन गरेका थिए।

मन्त्रीमा पौडेल आएपछि पूरक बजेट ल्याउन दबाब समेत थियो। तर, मध्यावधि समीक्षाबाटै मन्त्री पौडेलले वर्तमान अर्थतन्त्रको चित्र प्रस्तुत गर्ने तयारी गरेका छन्।


Sunrise Bank