
काठमाडौं। माघ महिनाको हालसम्म ओभर द काउन्टर(ओटीसी) बजारमा दुई वटा कम्पनीको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार मुक्तिनाथ कृषि कम्पनीको माघ ९ गते र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको माघ २४ गते कारोबार भएको हो। यी कम्पनीहरुको कुल ६० लाख ९० हजार बराबरको सेयर कारोबार भएको हो।
जसमध्ये मुक्तिनाथको सेयर प्रति कित्ता १०५ रुपैयाँमा किनबेच भएको छ। सो मूल्यमा कम्पनीको १० लाख ५० हजार बराबरको १० हजार कित्ता सेयर किनबेच भएको हो।
यस्तै माघमा नेपाल क्यान्सर हस्पिटलको सेयर ११२ रुपैयाँमा किनबेच भएको छ। सो मूल्यमा कम्पनीको ५० लाख ४० हजार रुपैयाँ बराबरको ४५ हजार कित्ता सेयर खरिद बिक्री भएको हो।
गत पुसमा लाफा ग्रुप लिमिटेड, ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी, लर्डवुद्ध एजुकेशन, आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लगायतकोओटीसीमा कारोबार भएको थियो। ओटीसी बजारमा करिब १७९ कम्पनी सूचीकृत छन्। तर कागजी कारोबार र भौतिक उपस्थिती हुनु पर्ने बाध्यताले यो बजार प्रति लगानीकर्ताको दायरा भने बढ्न सकेको छैन्।