शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा, नीतिगत ब्याज नघट्ने संकेत

२०७९ माघ २६ गते ११:२९
शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा, नीतिगत ब्याज नघट्ने संकेत


काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकले सबै सञ्चालकहरुलाई शुक्रबार बिहान ८ बजे बैठक भनेर खबर पठाएको छ।

Tata
GBIME

बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेका बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षालाई महत्वका साथ हेरिएको छ।

सेयर लगानीकर्तादेखि घरजग्गा कारोबारीसम्मले समीक्षालाई कुरेका छन्। उद्यमी ब्यवसायीले ब्याज घटाउने र ऋण पुनर्तालिकीकरणका लागि समय दिनु पर्ने माग गरिरहेका छन्।

बैंकरले पनि केही क्षेत्रमा माग बढाउनु पर्ने भन्दै सुझाब दिइसकेका छन्। राष्ट्र बैंकले भने आयात वृद्धि हुने गरी नीतिगत दरहरु नघटाउने संकेत गरेको छ।


Sunrise Bank