सुपरमाई हाइड्रोको सेयर आजबाट सर्वसाधारणलाई, प्रति मेगावाट लागत १९ करोड



२०७९ माघ २३ गते ०८:५०
सुपरमाई हाइड्रोको सेयर आजबाट सर्वसाधारणलाई, प्रति मेगावाट लागत १९ करोड


काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि २६ गतेसम्म आमसर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले परियोजना प्रभावित र रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरिसकेको छ।

TATA
GBIME

कम्पनीले जारी पुँजी ५० करोडको सेयर जारी गरेको हो। अब सर्वसाधारणले ४ लाख १५ हजार कित्ता सेयरका लागि दाबी गर्न पाउने छन्।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्मलाई आवेदन भर्न सकिन्छ।

७.८ मेगावाट क्षमताको परियोजनाको प्रति मेगावाट लागत १९ करोड ८ लाख रुपैयाँ अनुमान गरिएको छ।


Sunrise Bank