
काठमाडौं। नेपाल वायुसेवा निगमले अनलाइन टिकेटिङ विस्तारका क्रममा इसेवासँग सहकार्य गर्ने भएको छ।
यसअघि इसेवामार्फत अनलाइन टिकेटिङ गर्दै आएको निगमले फोन पेमार्फत नेपाली मुद्रामै टिकट खरिद गर्ने व्यवस्था सुरु गर्न लागिएको प्रवक्ता अर्चना खड्काले बताइन्।
‘अनलाइन टिकेटिङ पहिलादेखि नै सुरु गर्दै आएका थियौं। इसेवाबाट टिकेटिङ सुरु भइसकेको छ। आइएमइ पेबाट पनि अनलाइनन टिकेटिङ सेवा सुरु गर्न लागिएको हो,’ उनले भनिन्,’यस अघि अन्तर्राष्ट्रिय क्रेडिट कार्ड भएकाले अनलाइन टिकेटिङको व्यवस्था गरिएको थियो। अब डिजिटल वालेटमार्फत पनि टिकट खरिद गर्न सकिनेछ।’
उनका अनुसार निगमले डोल्पा, सिमिकोट, बाजुरा, रुकुम लगायत विभिन्न गन्तब्यमा दुईतर्फी अनलाइन टिकेटिङ सेवा विस्तारका लागि गृहकार्य सुरु गरिसकेको छ।