
काठमाडौं। अल्फा प्लस भेन्चर्स लिमिटेडले पूर्वाञ्चल ल्युब आयल लिमिटेडमा लगानी गर्ने भएको छ। पूर्वाञ्चल आयल मोरङको बिराटचोकमा छ।
लगानी गर्नको लागि पूर्वाञ्चल ल्यूबका प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र अल्फा प्लसका प्रबन्ध सञ्चालक अंगिश घिमिरेले हस्ताक्षर गरेका छन्।
पूर्वाञ्चल ल्यूव विगत २३ वर्षदेखि सञ्चालनमा छ। उसको उत्पादन तथा बिक्री वितरण हाल नेपालभर ९३ भन्दा बढी डिलरमा छ। करिब ११ हजारभन्दा बढी खुद्रा व्यापारीमार्फत बिक्री वितरण गर्दे आएको छ।
पूर्वाञ्चल ल्यूबले विभिन्न प्रकारका पीएलओ ब्राण्डको ल्युब्रिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ।
अल्फा प्लस भेन्चर्सको लगानीपछि पूर्वाञ्चल ल्यूवले नयाँ ल्युब्रिकेन्टको उत्पादन तथा विकास भइ नेपाली बजारभर पीएलओ ब्राण्डका ल्युब्रिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण गर्ने छ।
कम्पनीको सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिवृद्धि भई कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले अगाडि बढाउन सकी बिदेशबाट विभिन्न ब्राण्डको आयातित ल्युब्रिकेन्टलाई प्रतिस्थापन गर्दे नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्युब्रिकेन्टलाई प्रोत्साहन हुने विज्ञप्तिमा उल्लेख छ।