राजनीतिक अन्योलताले सेयर बजार ओरालो, बजार २१०० विन्दु तल आयो

बिजमाण्डू
२०७९ माघ १९ गते १५:३८ | Feb 2, 2023
राजनीतिक अन्योलताले सेयर बजार ओरालो, बजार २१०० विन्दु तल आयो


काठमाडौं। सत्तारुढ दलबीचको असमझदारीले सेयर बजार ओरालो लागेकोछ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने चेतावनीपछि बजार ओरालो लागेको हो।

Tata
GBIME
NLIC

बिहीबार सेयर बजार २१ सय विन्दु तल झरेको छ। नेप्से २२.१२ अंक (१.०४%) ले घट्दा १८ कारोबार दिनपछि परिसूचक २०९४.५४ विन्दुमा झरेको हो।

बिहीबार कारोबार सुरु भएदेखि नै बजार घट्न थालेपछि थप बिक्रेता सक्रिय भएका छन्। तर घट्ने क्रमले दिनभर निरन्तरता पाएको हो। पछिल्लो १४ कारोबार दिन यता नेप्से परिसूचक करिब १८५ अंकले घटिसकेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सबैजसो उपसमूह घटेको छ।

बिहीबार सेयर बजार २० अंक माथि घट्दा पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता १७५.३० रुपैयाँ बढेको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

बिहीबार बिक्रेता हाबी हुँदा सेयर कारोबार भने बढेको छ। बिहीबार २ अर्ब ९ करोड माथिको कारोबार भएको छ। बुधबार सेयर कारोबार १ अर्ब ७६ करोड रुपैयाँको भएको थियो।