
काठामडौं। फक्सवागन नेपालले नयाँ फक्सवागन गाडीसँग पुरानो गाडी साट्ने योजना ल्याएको छ।
फक्सवागनको नेपालको लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले माघ १८ गतेदेखि सुरू हुनेगरी ‘स्वीच टु प्रिमियम कार कल्चर’ योजना ल्याएको हो।
कम्पनीका अनुसार उक्त योजनामा ग्राहकहरुले नयाँ फक्सवागन गाडीसँग पुरानो गाडी साट्न सक्नेछन्। ग्राहकहरुले आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना फक्सवागनको देशभरी रहेका शोरुमहरुमा संचालन हुने बताइएको छ।
योजनामा नयाँ गाडी खरिद गर्ने ग्राहकले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकनभन्दा राम्रो मूल्यांकन गर्ने कम्पनीको दावी छ। यसैगरी योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। यस्तै निशुल्क एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनसलगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।
योजना अन्तर्गत तीनजना भाग्यशाली ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन प्याकेज पनि जित्न सक्नेछन्।
हाल नेपालमा फक्सवागनका पोलो, टाइगुन, अलस्पेस र टाउरेग भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्।
फक्सवागनको गाडीहरू १ वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत पुगेको कम्पनीको दावी छ।
कम्पनीले २ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ।