वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने निर्देशिका लागु गर्न मुख्यमन्त्रीको ग्रीन सिग्नल

बिजमाण्डू
२०७९ माघ १७ गते १४:०५ | Jan 31, 2023
वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने निर्देशिका लागु गर्न मुख्यमन्त्रीको ग्रीन सिग्नल

काठमाडौं। वाग्मती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायलमा पास हुने प्रणाली लागु हुने भएको छ। पछिल्लो समय ट्रायल सेन्टरहरुको मिलेमतोमा यो निर्देशिका लागु गर्न पूर्व मूख्यमन्त्री राजेन्द्र पाण्डे रोकेका थिए।

Tata
GBIME
Nepal Life

त्यतिखेर ट्रायल सेन्टरहरुले मुख्यमन्त्रीको मिलोमतोमा यो निर्देशिका लागु गर्न नमानेको भन्ने आरोप समेत लागेको थियो। त्यही अनुसार चारैतिरबाट मुख्यमन्त्री आलोचित भएका थिए। यसको चारैतिरबाट आर्थिक चलखेलको दबाब आएपछि पूर्व मुख्यमन्त्री पाण्डेले सचिवको नेतृत्वमा एक समिति गठन गरी यसको अध्ययन प्रतिवेदन पेस गर्न एक महिनाको समय उपलब्ध गराएका थिए। उक्त समितिले यो प्रणाली लागु गर्नुपर्ने निचोड निकालेको छ।

समितिले तयार पारेको प्रतिवेदनका आधारमा अहिलेका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागु गर्न मौखिक रुपमा ग्रिन सिग्नल दिएका वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका एक कर्मचारीले बताए।

‘एक महिना अगाडि गठन भएको समितिले यो प्रणाली लागु गर्न सुझावसहितको प्रतिवेदन पेस गरेको छ। त्यसैले यसमा अहिलेका मुख्यमन्त्रीले पनि ग्रिन सिंग्नल दिनु भएको छ,’ उनले भने, ‘आज मुख्यमन्त्रीलाई उक्त प्रतिवेदन पेस गर्न लागिएको छ। सकेसम्म आजै मुख्यमन्त्रीले यो निर्देशिका कहिलेदेखि लागु गर्ने भन्ने कुरा लिखित रुपमा दिनु हुनेछ।’

ती कर्मचारीका अनुसार यो प्रणाली छिट्टै लागु गर्ने योजना रहेको छ। यसमा समितिको प्रतिवेदनले यो प्रणाली लागु गर्न सिफारिस समेत गरेको छ। उक्त निर्देशिका यो चौथो पटक लागु गर्न लागिएको हो।

यसअघि के भएको थियो ?

वाग्मती प्रदेशले गत पुस २० गतेदेखि लागु गर्ने भनिएको लाइसेन्समा ७० अंक ल्याए ट्रायल पास हुने निर्देशिका तेस्रो पटक स्थगित भएको थियो। त्यही अनुसार श्रम, रोजगार तथा यातायातका पूर्व मन्त्री घनश्याम भुसालको टोलीले सबै तयारी पुरा गरेको थियो। तर पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त समयमा पनि यो प्रणाली स्थगित गरेका थिए।

अहिले लाइसेन्सका लागि लिइने ट्रायल परीक्षा प्रदेश अनुसार फरक भइरहेको छ। लाइसेन्स एउटै छ तर वाग्मतीमा कुल १०० अंकमा शतप्रतिशत नै ल्याउनु पर्छ। तर अन्य प्रदेशमा भने कुल १०० अंकमा ७० अंक मात्र ल्याए ट्रायल पास हुने गरेका छन्।

यातायात व्यवस्था विभागले २०७७ चैतमै निर्देशिका जारी गरेको थियो। अन्य प्रदेशले भने यो निर्देशिका लागु गर्न थालेको १ वर्षभन्दा बढी भइसकेको छ।

सम्बन्धित समाचार: