निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने, उपराष्ट्रपतिको चैत ३ मा



२०७९ माघ १६ गते १३:५६
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने, उपराष्ट्रपतिको चैत ३ मा


काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ।

TATA
GBIME

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी सोमबार मिति तोकेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।

आयोगले सोबारे नेपाल सरकारका मुख्यसचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।


Sunrise Bank