
काठमाडौं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ।
कम्पनीले आजबाट सेयर बिक्री खुला गरेको हो। यसपछि आमसर्वसाधरणलाई सेयर बिक्री गर्ने छ।
वैदेशिक रोजगारीमा गएकाहरुले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा गएकाहरुले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणले आवेदन दिने अन्तिम मिति फागुन १५ गते हो। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन मिल्छ।
लघुवित्तका कर्मचारीले ३ हजार ११७ कित्ता पाउनेछन्। त्यस्तै म्युचुअल फण्डहरुलाई १० हजार १७० कित्ता छुट्याएको छ।
फागुन ११ गतेबाट सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाउने भएको छ। सर्वसाधारणले एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।