
काठमाडौं। सुनको मूल्य आइतबार फेरि बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको बजार मूल्य प्रतितोला एक लाख ६ हजार रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ थियो।
चाँदीको मूल्य आइतबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९२६.९६ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.६डलर छ। गत शुक्रबार सुन प्रतिऔंस १९२१.६१ डलर र चाँदी प्रतिऔंस २३.८३ डलर थियो।