बजार अनिश्चित लयमा हिड्न थाल्यो, राष्ट्र बैंकको अर्धवार्षिक समीक्षाको पर्खाइमा

बिजमाण्डू
२०७९ माघ १२ गते १५:१५ | Jan 26, 2023
बजार अनिश्चित लयमा हिड्न थाल्यो, राष्ट्र बैंकको अर्धवार्षिक समीक्षाको पर्खाइमा

काठमाडौं। २२ सयलाई बिहीबार पनि पार गर्न नसकेपछि दिनभर हरियो रहेको सेयर बजार अन्तत: सामान्य अंकले घटेको छ। राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समीक्षाको तयारी गर्दै गर्दा सेयर बजार सम्बोधनको अपेक्षामा रहेको लगानीकर्ता बताउँछन्।

Tata
GBIME
Nepal Life

‘धेरै होइन सेयर बजारमा दुई प्रमुख विषय छन्। १२ करोडभन्दा माथिको मार्जिन ऋण सुविधा र १५० प्रतिशत जोखिम भार,’ ती लगानीकर्ताले भने, ‘अर्धवार्षिक समीक्षाको तीव्र पर्खाइ अहिले बजारमा हो।’

यता राष्ट्र बैंक समीक्षाका लागि राय सुझाव संकलन गर्ने चरणमा छ। माघ २० गतेसम्म सुझाव दिने म्याद तोकेको छ। जसअनुसार फागुन पहिलो साता समीक्षा आउने सम्भावना अब्बल छ। 

बजार अझै एक महिना अन्योल मै अघि बढ्ने लगानीकर्ता तर्क गर्छन्। समस्या समाधानको अपेक्षामा खरिद गर्ने र त्रासमा बजारबाट उम्कनेहरुको सक्रियता बराबर छ। त्यसैले उल्लेख्य उतारचढाव बजारमा देखिँदैन।

बिहीबार सामान्य घटबढको क्रम जारी रह्यो। अन्तिममा ०.३५ अंक घटेको हो। बजारले प्रष्ट संकेत नगर्दा लगानीकर्ताको सक्रियता भने घट्दो छ। साढे ७ अर्ब नाघेको कारोबार रकम बिहिबार २ अर्ब ८६ करोडमा सीमित छ।