एनएसी र नाट्टाका पदाधिकारीबीच छलफल, टिकट बिक्रीमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन



२०७९ माघ १२ गते १३:४९
एनएसी र नाट्टाका पदाधिकारीबीच छलफल, टिकट बिक्रीमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन


काठमाडौं। नेपाल वायुसेवा निगम र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सबीच छलफल भएको छ। टिकट बिक्रीमा देखिँदै आएको समस्या समाधान गर्न दुवै संस्थाको तर्फबाट आठ सदस्यीय कार्यदल गठन गरिएको निगमले जनाएको छ।

Tata
GBIME

निगमको टिकट बिक्री बढाउनुका साथै बढी भन्दा बढी विदेशी पर्यटकहरु भित्र्याउने उद्देश्यले छलफल गरिएको बुझिएको छ। कार्यक्रममा न्यायोचित र सरलिकृत ढंगमा बिक्री व्यवस्थापन, ग्रुप फेयर, फ्लाइटसम्बन्धी पूर्व जानकारी लगायत विभिन्न समस्याबारे छलफल भएको निगमले जनाएको छ।

यसका लागि १५ दिन भित्रमा समस्या समाधान गर्ने गरी निगम र नाट्टाका दुवै पक्षका ४/४ जना सदस्य रहने जनाइएको छ।

यसका लागि निगमको तर्फबाट वाणिज्य विभागका निर्देशक जनक कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अनिल घिमिरे, वाणीज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे लगायतको सहभागिता रहेको छ।

यसैगरी नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमारमणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा लगायतको सहभागिता रहेको जनाइएको छ।         


Sunrise Bank