सबैको लघुवित्तको लाभांश घट्यो, कुल १८.९५% लाभांश दिने, बोनस सेयर १८% प्रस्ताव



२०७९ माघ १२ गते ११:३१
सबैको लघुवित्तको लाभांश घट्यो, कुल १८.९५% लाभांश दिने, बोनस सेयर १८% प्रस्ताव


काठमाडौं। सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश दर घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षको लाभांश दर घटेको हो।

TATA
GBIME

लघुवित्तले गत आवका लागि चुक्ता पुँजी २७ करोडको कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा १८ प्रतिशतले हुन आउने ४ करोड ८६ लाख बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

लघुवित्तको माघ ११ गते बुधबार बसेको संचालक समितिको १२०औं बैठकले सो निर्णय गरेको थियो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुलाई वितरण गरिनेछ।


Sunrise Bank