जानकी फाइनान्सको नाफा घट्यो, खराब कर्जा दुई गुणा बढेपछि नाफामा ५९% गिरावट

बिजमाण्डू
२०७९ माघ १० गते १०:५२ | Jan 24, 2023
जानकी फाइनान्सको नाफा घट्यो, खराब कर्जा दुई गुणा बढेपछि नाफामा ५९% गिरावट


काठमाडौं। खराब कर्जा दुई गुणा बढेपछि जानकी फाइनान्सको नाफामा उल्लेख्य गिरावट आएको छ। फाइनान्सको खुद नाफा ५९ प्रतिशतले घटेको हो।

Tata
GBIME
NLIC

चालु आवको पुस मसन्तसम्म फाइनान्सले कुल एक करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन पोहोर पुसमा ३ करोड ५५ लाख रुपैयाँ माथि थियो।

ब्याज आम्दानी बढे पनि नाफामा गिरावट देखिएको हो। फाइनान्सले खर्चमा शीर्षकमा पनि नियन्त्रण गर्न खोजेको देखिन्छ। कर्मचारी तलब भत्ता र सञ्चालक खर्च दुवै घटेका छन्।

यसका बाबजुद फाइनान्सको खराब कर्जा झन्डै शत प्रतिशत बढेको छ। कर्जा जोखिम व्यवस्थापत बापतको रकम ९० प्रतिशत बढेको हो। पोहोर पुसमा ३ करोड ३२ लाख रुपैयाँ छुट्याएको यस्तो रकम अहिले ६ करोड ३१ लाख रुपैयाँ नाघेको हो।

फाइनान्सको निष्क्रिय कर्जाको अनुपात ५.३१ प्रतिशतबाट एक वर्षको अन्तरालमै ११.१८ प्रतिशत पुगेको छ।

पुस मसान्तसम्म फाइनान्सको वार्षिक प्रति सेयर आम्दानी ४.२३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३६.९२ रुपैयाँ छ।