दक्षिण एसियाकै पहिलो कृषि सम्मेलन: कृषि क्षेत्रका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि नेपालमा



२०७९ माघ ५ गते १८:४४
दक्षिण एसियाकै पहिलो कृषि सम्मेलन:  कृषि क्षेत्रका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि नेपालमा


काठमाडौं। आयातमा परनिर्भरता हटाउँदै कृषिको उत्पादकत्व बढाउन लगानी चाहिरहेको बेला नेपालमा पहिलो पटक दर्जन भन्दा बहुराष्ट्रिय कम्पनीहरु सहभागी भएको कृषि प्रदर्शनी सुरु भएको छ।

TATA
GBIME

दक्षिण एसियामै पहिलो पटक भएको यो प्रदर्शनीका लागि श्रीलंकाबाट मन्त्री समेत सहभागी भएका छन् भने भारत र भुटानबाट सचिव नै आएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं शिवशक्ति समूहका प्रवन्ध निर्देशक सन्दीप अग्रवालले कृषि क्षेत्रमा लगानी र प्रविधि हस्तान्तरण चाहिएका बेला बहुराष्ट्रिय कम्पनी नै सामेल भएको प्रदर्शनीले ठूलो सहयोग पुग्ने बताए।

‘हामी अहिले पनि कृषिको उत्पादकत्व बढाउन प्रयास गरिरहेका छौं। यस्तो बेलामा दक्षिण एसियाकै पहिलो प्रदर्शनी नेपालमा हुँदा सकारात्मक प्रभाव पार्नेछ,’ उनले बिजमाण्डूसँग भने।

सोल्टी होटलमा शुक्रबारसम्म हुने प्रदर्शनीमा दक्षिण एसिया, खाडी लगायत १२ देशका कृषिजन्य उत्पादन व्यवसायमा आबद्ध व्यवसायिक कम्पनी सहभागी छन्। सम्मेलनमा विश्वकै सबैभन्दा ठूलो चिनी उत्पादक रेनुका सुगर पनि सहभागी छ। यो कम्पनीका निर्देशक रवि गुप्ता सहभागी हुन आएका छन्।

रेनुका भारतमा चिनी उत्पादन गर्ने अग्रणी उत्पादक र विश्वको सबैभन्दा ठूलो चिनी रिफाइनरीमध्ये एक हो। कम्पनीले भारतमा सात एकीकृत चिनी मिल र दुई बन्दरगाहमा आधारित रिफाइनरीहरू सञ्चालन गर्दछ।

यस बाहेक भारतको पुणेमा रहेको इन्डेन्टिङ हाउस जीएलभी एग्रो पनि सम्मेलनमा सहभागी भएको छ। एमइआइआर कमोडिटिज, एग्रिवाच, सीटीसी ग्रुप भारत, ज्ञानम् इम्पोर्ट ग्रुप अफ श्रीलंका, एसियन पाम आयल लगायत सहभागी छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादन बजारीकरणमा सहयोग पुग्ने बताए। ‘नेपालको तुलनात्मक लाभ भएका वस्तुहरुको निर्वाध निर्यात र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच पुर्‍याउन यो प्रदर्शनी सहयोगी हुनेछ,’ गोल्छाले भने।

दुवई मल्टी कमोडिटिज सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमद विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताएका छन्। कृषि बजार विस्तारका लागि ब्लकचेन लगायतका प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने उनले बताए।

 उद्योग सचिव तोयानारायण ज्ञवालीले सम्मेलनले निर्यात एवं लगानी विस्तारमा सघाउने बताए।


Sunrise Bank