भारतका बिजनेस टाइकुन रतन टाटाको कम्पनी टाटा ग्रुपले अर्को आइपीओ ल्याउँदै



२०७९ माघ ५ गते १२:३५
भारतका बिजनेस टाइकुन रतन टाटाको कम्पनी टाटा ग्रुपले अर्को आइपीओ ल्याउँदै


काठमाडौं। भारतमा बिजनेस टाइकुन रतन टाटाको कम्पनी टाटा ग्रुपले आइपीओ ल्याउने तयारी गरेको छ। आइपीओमार्फत टाटा मोटर्सको सहायक कम्पनी टाटा टेकले भारु ४ हजार करोड रुपैयाँसम्म कमाउन सक्छ। त्यसपछि कम्पनीको भ्याल्युएसन भारु २० हजार करोड पुग्ने कम्पनीले जनाएको छ।

TATA
GBIME

गत महिना टाटा मोटर्सको बोर्डले आइपीओमार्फत टाटा टेकको केही सेयर बेच्ने प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसयता कम्पनीको सूचीकृत नहुने शेयर निरन्तर बढ्दै गएको छ।

तर अहिले टाटा समूहले यो आइपीओको लागि कुनै मिति तय गरेको छैन। कम्पनीले उपयुक्त अवसरको पर्खाइमा रहेको बताएको छ। टाटा सन्सका वर्तमान अध्यक्ष एन चन्द्रशेखरनको कार्यकालमा टाटा समूहको यो पहिलो आईपीओ हुनेछ।

टाटा टेक्नोलोजिज डिजिटल, इन्जिनियरिङ र प्रविधि सेवा क्षेत्रमा विश्वको अग्रणी कम्पनीहरू मध्ये एक हो। यसमा टाटा मोटर्सको ७४.४२ प्रतिशत सेयर छ। त्यस्तै सिंगापुरस्थित इन्भेष्टमेन्ट फर्म अल्फा टिसी होल्डिङ्स् को ८.९६ प्रतिशत र टाटा क्यापिटल ग्रोथ फण्डको ४.४८ प्रतिशत सेयर रहेको छ।

यसअघि टाटा समूहको आइपीओ १९ वर्षअघि आएको थियो। टाटा समूहले सन् २००४ मा टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) कम्पनीको आइपीओ ल्याएको थियो। टीसीएस भारतको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो।

भारत र एसियाकै दोस्रो ठूलो टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको मार्केट क्याप भारु १६ लाख ७१ हजार ८०० करोड छ भने टीसीएसको भारु १२ लाख ३३ हजार ८२ करोडका साथ दोस्रो स्थानमा छ।

टाटाले गाडीको निर्माणसहित अरु विभिन्न उत्पादनहरुमा लगानी गरिरहेको छ।


Sunrise Bank