अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा स्थिर, चाँदी भने घट्यो

बिजमाण्डू
२०७९ माघ ५ गते ११:२५ | Jan 19, 2023
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा स्थिर, चाँदी भने घट्यो

काठमाडौं। सुनको मूल्य बिहीबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा भने अघिल्लो दिनको मूल्य प्रतितोला एक लाख ४ हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबारको भन्दा चाँदी तोलामा २० रुपैयाँले घटेको हो। चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य बिहीबार पुन : बढेको हो। बुधबार प्रतिऔंस १८८९.१ डलर रहेको सुन बढ्दै प्रतिऔंस १९०९.१६ डलर भएको छ। चाँदीको मूल्य बिहीबार घटेको छ। चाँदी प्रतिऔंस २३.९५ डलरबाट घटेर २३.४१ डलरमा कारोबार भइरहेको छ।