स्वतन्त्र पार्टीबाट खनाल शिक्षा मन्त्री, अर्याललाई श्रम, तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्ने

२०७९ माघ ३ गते ११:२२
स्वतन्त्र पार्टीबाट खनाल शिक्षा  मन्त्री, अर्याललाई श्रम, तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्ने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बनाउने सांसदहरुको नाम तय गरेको छ। गठबन्धनमा भएको भागबन्डाअनुसार रास्वपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ। जसअनुसार पार्टी सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनिसकेका छन्।

Tata
GBIME

रास्वापाले शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। पार्टीले शिक्षामन्त्रीमा शिशिर खनाललाई जिम्मेवारी दिन लागेको छ। त्यस्तै श्रममन्त्रीको जिम्मेवारी भने डोलप्रसाद अर्यालले पाउने भएका छन्।

टिच फर नेपालका संस्थापक खनाल काठमाडौं-६ बाट विजयी सांसद हुन्। त्यस्तै वैदेशिक रोजगारसँग  सम्बन्धित व्यवसायमा संलग्न हुँदै आएका अर्याल समानुपातिकतर्फका सांसद हुन्।

रास्वपाले स्वास्थ्य राज्यमन्त्री पनि पाएको छ। डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने पक्का भएको छ। उनी ललितपुर-३ बाट विजयी प्रत्यक्षतर्फकी सांसद हुन्।

रास्वापाले प्रतिनिधिसभाको उपसभामुख पदसमेत पाउने भएको छ।


Sunrise Bank