
काठमाडौं। तीन लघुवित्त कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेका छन्। सोमबार नयाँ सारथि लघुवित्त, इन्फिनिटी लघुवित्त र सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेका हुन्।
नयाँ सारथि लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। १९ प्रतिशत बोनस सेयर र बाँकी १ प्रतिशत कर प्रयोजनका लागि हुनेछ।
इन्फिनिटी लघुवित्तले पनि २० प्रतिशत नै दिने निर्यण गरेको छ। लघुवित्तले बोनस सेयर मात्रै प्रस्ताव गरेको हो। यसमा कर भने लागने छैन। मर्जरका कारण लघुवित्तले कर छुट पाएको छ।
सपोर्ट लघुवित्तले भने ११.५८ प्रतिशत दिने प्रस्ताव गरेको हो। ११ प्रतिशत बोनस सेयर दिँदैछ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।