
काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्था पनि नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ। जसका लागि दुई संस्थाबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडी नेसनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने एनसीएचएलले जनाएको छ।
साना किसान विकास लघुवित्तले एनसीएचएल-आइपीएस र आरपीएस/कनेक्ट आइपीएस प्रणालीबाट आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु प्रयोग गर्न सक्नेछन्।
यस्तै, तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताबीच सोझै गर्न सकिने एनसीएचएलले जनाएको छ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमा हाल ५८ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन्। अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्द्धसरकारी संस्थाहरु लगायतका ७४ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।