सगरमाथा जलविद्युतले इलामका स्थानीय र वैदेशिक रोजगारीमा जानेका लागि आइपीओ खुलाउँदै

बिजमाण्डू
२०७९ पुष २६ गते ०९:११ | Jan 10, 2023
सगरमाथा जलविद्युतले इलामका स्थानीय र  वैदेशिक रोजगारीमा जानेका लागि आइपीओ खुलाउँदै


काठमाडौं। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पहिलो चरणमा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई माघ ५ गतेदेखि आइपीओ बिक्री खुलाउँदैछ।

GBIME
Tata

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका बासिन्दालाई ११ लाख २० हजार कित्ता सेयर छुट्याएको छ। यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ४ लाख ३६ हजार ८०० कित्ता सेयर आरक्षित छ।

आयोजना प्रभावित बासिन्दाले १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा गएकालाई भने ५० हजार कित्तासम्मको आवेदन सीमा तोकिएको छ। सेयर अंकित मूल्यमा जारी हुँदैछ।

प्रभावित क्षेत्रको आइपीओ छिटोमा माघ १९ गते बन्द हुनेछ। पर्याप्त आवेदन नपरे फागुन ५ गतेसम्म  लम्बिनेछ। तर वैदेशिक रोजगारीको आरक्षित आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १९ सम्म मात्रै हो।

कम्पनीले ईलाम जिल्लाको माई खोला नदीलाई स्रोत बनाएर सुपर माई ए जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको उत्पादन क्षमता ९.६ मेगावाट हुने जनाएको छ। 

हाल आयोजनाको अनुमानित लागत एक अर्ब ९० करोड ४९ लाख रुपैयाँ छ। यो व्याज समेत गरेर हो। प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रुपैयाँ हुनेछ।