‘मौद्रिक समीक्षाबाट ब्याज घटाउने नीति लिनुपर्छ’ – सिएनआई अध्यक्ष अग्रवाल

बिजमाण्डू
२०७९ पुष २५ गते १०:१८ | Jan 9, 2023
‘मौद्रिक समीक्षाबाट ब्याज घटाउने नीति लिनुपर्छ’ – सिएनआई अध्यक्ष  अग्रवाल

काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ब्याजदर घटाएर लगानीको वातावरण बनाउनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डूको एकीकृत कारोबार शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले ब्याजदरमा कमी ल्याउन सके सर्वसाधारणको मनोबल बढ्ने धारणा राखे।

ठूलाे बैंक भएकाे नाताले ग्लाेबल आईएमइले यसबारे पहल गर्न पनि उनले सुझाव दिए। सीडी रेसियाे ८६ प्रतिशतमा आउँदा पनि लगानी हुन नसकेकाे भन्दै लगानीकाे वातावरण बनाउन उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह समेत गरे।

उनले भने ‘वर्किङ क्यापिटल संशोधन गर्न र पेट्रेलियम पदार्थकाे भाउ घटाउने भूमिका प्रधानमन्त्रीले खेलेर अर्थतन्त्रलाई प्राथमिकतामा राखेकाे सन्देश दिनु भयाे। अब माैद्रिक समीक्षाबाट ब्याज घटाउने र तरलता बढाउने नीति लिनु पर्छ।’