ग्लोबल आइएमई बैंकले १६औं वार्षिकोत्सवमा आयोजना गर्‍यो देशव्यापी रक्तदान कार्यक्रम

बिजमाण्डू
२०७९ पुष १८ गते १८:५६ | Jan 2, 2023
ग्लोबल आइएमई बैंकले १६औं वार्षिकोत्सवमा आयोजना गर्‍यो देशव्यापी रक्तदान कार्यक्रम



काठमाडौं। ग्लोबल आइएमई बैंकले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। 

Tata
GBIME
NLIC

बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ।

कार्यक्रमअन्तर्गत प्रदेश १ को बिर्तामोड शाखा, मधेश प्रदेशको मिर्चैया शाखा, वाग्मती प्रदेशको कान्तिपथ शाखा र भरतपुर शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।  

यस्तै, गण्डकी प्रदेशको पोखराको न्यूरोड शाखा, लुम्बिनी प्रदेशको घोराही शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, र सुदूरपश्चिम प्रदेशको धनगढी चौराहा शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। 

देशभर आयोजित रक्तदान कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत संकलन गरिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ।