नयाँ बैंकले बचतको ब्याज घटाए, कमर्जले तोक्यो आधार दर, गाडी, घर कर्जा अझै महँगै

बिजमाण्डू
२०६९ माघ ७ गते ००:०० | Jan 20, 2013
काठमाडौं । दुई नयाँ बैंकले निक्षेपको ब्याज दर घटाएका छन् । सिभिल बैंक नेपाल र कमर्ज एन्ड ट्रष्ट बैंक नेपालले निक्षेपको ब्याज घटाएका हुन् ।
अब नयाँ बैंकको ब्याज पनि पुरानाकै हाराहारीमा आएको छ । कतिपय पुराना बैंकको बचतको व्याज सात प्रतिशत नै छ । सिभिलले बचत खातामा वढीमा ६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले सात प्रतिशत रहेको बचतको ब्याजलाई ६ प्रतिशतमा झारेको हो । एक वर्षे मुद्दति निक्षेपमा बैंकले सात प्रतिशत व्याज तोकेको छ ।
कमर्ज एन्ड ट्रस्टले आधार दर १०.१४ प्रतिशत रहेको जनाउँदै बचत खाताको ब्याज वढीमा ६ प्रतिशतमा सीमित गरेको छ । बैंकले यसअघि बचतमा साढे सात प्रतिशत व्याज दिँदै आएको थियो । एक वर्षे मुद्दतिको ब्याज बैंकले सात प्रतिशत तोकेको छ । सिभिल बैंकले घर कर्जा ११.७५ प्रतिशतदेखि १४.२५ प्रतिशत व्याज तोकेको छ । बैंकले ५ वर्षदेखि २५ वर्षसम्मका लागि ब्याज तोकेको हो । गाडी कर्जा साढे १२ प्रतिशत तोकेको छ । कमर्ज बैंकले घर र गाडी कर्जाको व्याज साढे ११ प्रतिशतदेखि १५ प्रतिशतसम्म तोकेको छ ।
 

Tata
GBIME
Nepal Life