बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन, हवाई उड्डयन सहज र सुलभ बनाएको श्रेय

बिजमाण्डू
२०७९ पुष १० गते ०९:३१ | Dec 25, 2022
बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन, हवाई उड्डयन सहज र सुलभ बनाएको श्रेय


काठमाडौं। बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको आइतबार बिहान निधन भएको छ।

Tata
GBIME

भोजपुर दिङ्लाको साल्मामा जन्मिएका बस्नेतले उमेर ७० वर्ष पुगेपछि बुद्ध एयरको सुरुवात गरेका थिए। उनको निधन ९५ वर्षको उमेरमा भएको हो।

बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरेका उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए। 

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए।

देशमा परिआएको विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत सेवासमेत प्रदान गरेका थिए।

हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई जान्छ। बस्नेतका २ छोरा र एक छोरी छन्।