प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश गर्यो, समता शैक्षिक गुठीलाई पाँच लाख सहयोग

बिजमाण्डू
२०७९ मंसिर २८ गते १६:०२ | Dec 14, 2022

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स बुधबारदेखि छैठौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा  कम्पनीले बिभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पूरा गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको शिक्षाका लागि कम्पनीले सहयोग गरेको जानकारी दिएको छ। कम्पनीले देशका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख सहयोग गरेको बताएको छ।

समता शैक्षिक गुठी अन्तर्गतको जोरपाटीस्थित समता विद्यालयमा बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उक्त रकम गुठीका कार्यकारी निर्देशक दिपक संजेल तथा विद्यालयका प्राचार्य अजय अधिकारीलाई हस्तान्तरण गरे।

गत वर्ष पनि कम्पनीले समता शैक्षिक गुठीलार्ई  पाँच लाख सहयोग गरेको थियो। गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा मासिक एक सय रुपैयाँमै शिक्षा प्रदान गर्दै आएको छ।

संस्थालाई सहयोग आवश्यक देखिएकोले कम्पनीले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए।

न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरिय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीलाई सबै  क्षेत्रबाट सहयोग आवश्यक रहेको गुठी संचालक सदस्य दिपक संजेलले जानकारी दिए।