फोर्सको अर्वानिया भ्यान भारतमा लन्च, केही समयभित्र नेपालमा बिक्री हुने, यस्ता छन् विशेषता

बिजमाण्डू
२०७९ मंसिर १५ गते १५:५० | Dec 1, 2022

काठमाडौं। फोर्स मोटर्सले एक स्टाइलिस, सुरक्षित र आरामदायी अनुभव प्रदान गर्न अर्वानिया भ्यान ल्याएको छ। सो भ्यान केही समयपछि नेपालमा पनि उपलब्ध हुने आधिकारिक बिक्रेताको भनाइ छ।

Tata
GBIME
Nepal Life

नेपालमा आयाम इन्टरकन्टिनेन्टलले फोर्सका गाडी बिक्री-वितरण गरिरहेको छ। आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले केही समयभित्र फोर्सको भ्यान नेपालमा पनि आउने जानकारी दिए।

फोर्स अर्वानिया एसयूभी र एमपीभी अनुभव प्रदान गर्ने भ्यान हो। यसको बडी डिजाइन आकर्षक छ। सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, एलइडी डीआरएल, एलइडी सिग्नेचर ल्याम्पको साथै लाइट गाइड टेक्नोलोजी समावेश गरिएको छ।

यो गाडी मर्सिडीज- डीराइभ्ड एफएम २.६ सीआर ईडी टीसीआईसी डिजेल इन्जिनद्वारा संचालित छ। सो इन्जिनले ११५ हर्सपावर र ३५० एनए पीक टर्क उत्पादन गर्छ।

यसैगरी सुरक्षाका फिचरहरुमा हिलहोल्ड असिस्ट, इएसपी, एबीएस, इबीडी, इटीडीसी, अलह्वील भ्यान्टिलेटेड डिस ब्रेक उपलब्ध छ। अर्बानिया भ्यान १०, १३ र १७ सिटर क्षमता गरी तीन अप्सनमा उपलब्ध छ।

आरामदायी यात्राको लागि भ्यानमा सिट अनुसार एसी भेन्ट, हरेक प्यासेन्जरको लागि बत्ती र यूएसबी चार्जिङ पोर्ट र सिल्ड प्यानारोमिक विण्डोको साथै वेस्ट इन क्लास क्याविन तथा स्ट्याण्डिङ स्पेस रहेको छ।

यस्तै लाइट गाइड टेक्नोलोजीमा आधारित लेड सिग्नेचर टेल ल्याम्प पनि गाडीमा छ।  यो गाडीमा भेरियन्ट अनुसार ३३५०-४४०० एमएमसम्मको ह्वीलवेस छ। यसैगरी स्टेट अफ द आर्ट फ्रन्ट सस्पेन्सन उपलब्ध छ।

भारतमा यसको सुरुवाती मूल्य २८ लाख ५० हजार रुपैयाँ तोकिएको छ।