आन्तरिक पर्यटनका लागि एनटीबीको रणनीतिक कार्ययोजना, ‘पर्यटन क्षेत्र २४ घण्टा खुल्नुपर्छ’

बिजमाण्डू
२०७९ कात्तिक २९ गते १०:३६ | Nov 15, 2022
आन्तरिक पर्यटनका लागि एनटीबीको रणनीतिक कार्ययोजना, ‘पर्यटन क्षेत्र २४ घण्टा खुल्नुपर्छ’

काठमाडौं। नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना तयारी सुरु गरेको छ। बोर्डले जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्तर्गत रणनीति तयारी सुरु गरेको जनाएको छ।

Tata
GBIME

कार्ययोजना तयारीका लागि विज्ञको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय,नगरपालिका तथा पर्यटन क्षेत्रसँग सम्बद्ध निकायबीच कार्यशाला आयोजना गरिसकेको बोर्डले जनाएको छ।

बोर्डले यसमार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, बाधा पुर्‍याउने विद्यमान नीतिको अन्वेषण, वर्तमान आवश्यकतासँगै तीन तहका सरकारको भूमिका र दायित्व विषयमा गहन छलफल गरी रणनीतिक काम अघि बढाउने संयोजक मणिराज लामिछानेले बताए।

उनका अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रदेश पर्यटन मन्त्रालय,नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाटा), होटल एशोसिएसन नेपाल (हान), तथा विभिन्न नगरपालिका र पर्यटन सम्वद्ध सस्थासंग मिलेर कार्ययोजना तयार गर्न लागेको हो।

कार्यशालामा विज्ञ तथा सरोकारवालले स्पष्ट पर्यटनमैत्री नीति,पर्यटनमा एकद्धार प्रणाली,पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्ति क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।