भारतीय अटोमेकर टाटाले इभीमा रुफटप सोलार चार्जर राख्ने, रेन्ज एन्जाइटी हटाउन सहयोगी

बिजमाण्डू
२०७९ कात्तिक १३ गते ११:४९ | Oct 30, 2022
भारतीय अटोमेकर टाटाले इभीमा रुफटप सोलार चार्जर राख्ने, रेन्ज एन्जाइटी हटाउन सहयोगी

काठमाडौं। टाटा मोटर्सले आफ्नो इभीमा रुफटप सोलार चार्जर फिक्स गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले काम गर्न सुरु गरिसकेको जनाएको छ।

Tata
GBIME

कम्पनीले हाल टाटा नेक्सन इभी, टाटा टियागो इभी र नेक्सन इभी म्याक्स जस्ता प्रस्तावहरू सहित इभी बजारमा ठूलो हिस्सा ओगटेको छ।

विश्व अटो बजार विद्युतीकरणतर्फ बढ्दै छ। अटोमेकरहरू रेन्ज अधिकतम बनाउन ब्याट्रीको आकार बढाउने नयाँ योजनाहरू लिएर आउँदैछन्। यस सम्बन्धमा टाटा मोटर्सको पछिल्लो कदम रुफटपमा सोलार राख्ने एक उदाहरण हो।

फाइनान्सियल एक्सप्रेसको रिपोर्ट अनुसार भारतीय कार निर्माता टाटाले रुफटप चार्जिङको विकल्प ल्याउने योजना बनाएको छ। सोही रिपोर्टका अनुसार एउटा इभीको छतमा सोलार चार्जर जडान गर्न करिब ३ लाखदेखि ४ लाख भारुसम्म खर्च लाग्न सक्छ।

यस्तै स्विडेनी निर्माता भोल्भोले सोलार पावर कम्पनीसँग आफ्नो इभीका लागि यस्तै प्रकारको प्रविधि प्रयोग गर्न सम्झौता गरेको छ। जर्मन अटोमेकर मर्सिडीज-बेन्जले आफ्नो आगामी प्रस्ताव इक्युएक्सएक्समा पनि सोलार चार्जरसहित प्रदर्शन गरेको छ। जसले एपटकको फुल चार्जमा १ हजार किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गर्दछ।

यसले गर्दा रेन्ज एन्जाइटी हट्ने कम्पनीको भनाइ छ।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले कसैले लामो अवधिको लागि धेरै इभी बारे सोचिरहेका छन्, सोलार रूफटप चार्जिङ समाधान हुनु उसको लागि अर्थपूर्ण हुने बताए। 'हामीले यसबारे टाटा पावरसँग छलफल गरिरहेका छौं र हामी यसलाई सक्रिय रूपमा हेरिरहेका छौं,' उनले भने।

टाटा पावर हाल भारतको ठूलो सौर्य ऊर्जाका कम्पनीहरू मध्ये एक हो। यसले देशभर विभिन्न वर्गका इभी पूर्वाधारहरू निर्माण गर्दैछ।