एभरेष्ट बैंक र पतंजली आयुर्वेदले सुरु गरे क्रेडिट कार्ड सुविधा, सुरुआती ३ महिना शुल्कमा ५०% छुट

बिजमाण्डू
२०७९ भदौ १६ गते १८:३५ | Sep 1, 2022
एभरेष्ट बैंक र पतंजली आयुर्वेदले सुरु गरे क्रेडिट कार्ड सुविधा, सुरुआती ३ महिना शुल्कमा ५०% छुट


काठमाडौं। एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले क्रेडिट कार्डको सुरुवात गरेका छन्। 

Tata
GBIME
Nepal Life

तीजको अवसरमा भारतको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन्। 

यस कार्डबाट उपभोक्ताले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउने बैंकले जनाएको छ। सुरुवाती ३ महिनाका लागि इसुएन्स शुल्कमा ५०% छुट हुने बताइएको छ।

सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै उक्त सुविधाबाट नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे।