अदालतको अवहेलना मुद्दामा मेयर बालेन शाहलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

बिजमाण्डू
२०७९ भदौ १३ गते १६:२६ | Aug 29, 2022
अदालतको अवहेलना मुद्दामा मेयर बालेन शाहलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं। अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयरसँग लिखित जवाफ माग गरेको छ। आज न्यायधीस हरिकृष्ण कार्कीको इजलासले मेयर बालेन शाहलाई सात दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश गरेको छ।

Tata
GBIME

नर्भिक इन्टरनेशनल अस्पतालको संरचना साउन ३० गतेसम्म नभत्काउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आपत्ति जनाएका थिए।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले अस्पतालको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। साथै दुवै पक्षलाई साउन ३० गते नै छलफलमा बोलाएको थियो।

अदालतको आदेशपछि शाहले संविधान संशोधन गरेर नक्सा पासको अधिकार अदालतलाई दिने व्यवस्थाका लागि अनुरोध गर्दछौं भन्दै विरोध गरेका हुन्।  फेसबुकमा उनले भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।’

यहि विषयलाई लिएर अधिवक्ता दिपकराज जोशीले मेयर शाह विरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गराएका थिए।