स्वास्थ्य बीमाका कमजोरी सुधार गरेर अगाडि बढाउन चन्द्र ढकालको सुझाव, ‘जनशक्ति उत्पादन रोकियो’

बिजमाण्डू
२०७९ साउन ३० गते १६:२६ | Aug 15, 2022
स्वास्थ्य बीमाका कमजोरी सुधार गरेर अगाडि बढाउन चन्द्र ढकालको सुझाव, ‘जनशक्ति उत्पादन रोकियो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

Tata
GBIME

नेपाल उद्योग वाणिज्य महसंघले सोमबार काठमाडौंमा आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको बताए।

उनले सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। उनले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पुर्‍याउन जरुरी रहेको भन्दै स्वास्थ्य प्राविधिकहरुको अत्यधिक आवश्यकता रहेको जानकारी गराए।

'स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्र धेरै खाँचो छ। अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ,' उनले भने, 'त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ। यसलाई राज्यले प्राथमिता दिनुपर्‍यो।'

ढकालले स्वास्थ्य बीमामा केही कमजोरीहरु रहेको र त्यसलाई सुधार गर्नुपर्ने बताए। स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुने उनले सुझाव दिए।