बैंक अफ काठमाण्डूको ऋणपत्र भदौ २ बाट, ब्याज साढे १० प्रतिशत, एक अर्ब १० करोडको जारी 

बिजमाण्डू
२०७९ साउन २४ गते ०९:११ | Aug 9, 2022
बैंक अफ काठमाण्डूको ऋणपत्र भदौ २ बाट, ब्याज साढे १० प्रतिशत, एक अर्ब १० करोडको जारी 

काठमाडौं। बैंक अफ काठमाण्डू (बिओके) ले साढे १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले नियामकीय प्रवधान अनुसार भदौ २ देखि ७ गतेसम्म ऋणपत्र जारी गर्न लागेको हो।

Tata
GBIME

बैंकले १००० रुपैयाँ अंकित दरका ऋणपत्र सात वर्ष अवधिको जारी गर्न लागेको हो। यसका लागि न्युनतम २५ र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ। 

बैंकले कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। यसको ६० प्रतिशत प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने छ भने बाँकी ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने छ। 

ऋणपत्र बैंकको ९८ वटा शाखाका साथै आस्वा र मेरो सेयरमार्फत पनि खरिद गर्न सकिन्छ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ।