पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल २२ लाख ५० हजार अबैध रकमसहित नक्सालबाट पक्राउ

बिजमाण्डू
२०७९ साउन १७ गते २०:३३ | Aug 2, 2022
पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल २२ लाख ५० हजार अबैध रकमसहित नक्सालबाट पक्राउ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन्।

Tata
GBIME

नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले होटल अरन्या परिसर नक्सालबाट पक्राउ गरेको हो। नेपालको साथबाट २२ लाख ५० हजार रुपैयाँ अख्तियारको टोलीले बरामद गरेको छ। 

नागरिक उड्‌डयन महाशाखामा कार्यरत नेपालले प्याराग्लाइडिङ्ग सञ्चालनको लागि अनुमतिपत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका नेपालको साथमा अख्तियारले स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको हो। गाडी खानतलास गर्ने क्रममा उक्त रकम फेला पारिएको अख्तियारले जनाएको छ।