श्वेतगंगा हाइड्रोपावरको आयो २३ करोड ८९ लाखको आइपीओ, खरिद आवेदन आगामी आइतबारसम्म खुला

बिजमाण्डू
२०७९ असार २९ गते १२:३१ | Jul 13, 2022
श्वेतगंगा हाइड्रोपावरको आयो २३ करोड ८९ लाखको आइपीओ, खरिद आवेदन आगामी आइतबारसम्म खुला

काठमाडौं। श्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडले बुधबार सर्वसाधारणमा सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ। २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले खरिद दरखास्त दिन पाउँछन्।

Tata
GBIME

हाइड्रोपावरले २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ ल्याएको हो। जसमा जारी पुँजीको ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। 

हाइड्रोपावरले यस अघि कम्पनीका कर्मचारीका लागि छुट्याएको ५ प्रतिशत अर्थात ७ लाख ९६ हजार ५०० कित्ता, आयोजना प्रभावित  क्षेत्रका बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ९३ हजार कित्ता आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेको छ। 

हाइड्रोपावरले आजबाट जारी पुँजी १ अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुन आउने २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। कम्पनीले आईपीओ अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ। 

उक्त आईपीओ खरिद गर्न इच्छुकले साउन ४ बाट ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म पर्याप्त आवेदन नआए साउन १८ गतेसम्म मिति लम्बिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

आइपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, मेरो सेयर तथा सानिमा क्यापिटलको वेबसाइटबाट दिन सकिन्छ।