बजारमैत्री मौद्रिक नीति आउने अपेक्षाले बढायो सेयर बजार, फराकिलो अंकको बृद्धि

बिजमाण्डू
२०७९ असार २९ गते १५:२१ | Jul 13, 2022

काठमाडौं। बुधबार सेयर बजारमा फराकिलो अंकको वृद्धि देखिएको छ । लगानीकर्ताले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने मौद्रिक नीति सेयर बजार मैत्री आउने अपेक्षा गरेकाले त्यसको प्रभाव बजारमा देखिएको हो।  

Tata
GBIME

आज नेप्से ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ पनि १२.४२ अंकले बढेको छ । फराकिलो अंकले नेप्से परिसुचक बढेसंगै कारोबार रकममा पनि सुधार आएको छ ।

कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४४ लाख बढीको कारोबार भएको छ ।

मंगलबारको कारोबार अवधिभर २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७० करोड बढीको कारोबार भएको थियो । 

कोहिनुर इनभेष्टमेन्ट एण्ड सेक्यूरेटिजका ब्रोकर भरत राणाभाटका भन्छन्,“अस्ति र हिजो धितोपत्र बेच्नेले असारभित्रै पैसा पाउँछन् । बैंकको कर्जा, ब्याज तिर्नु पर्ने पैसा उसको खातामा जान्छ । तर आजबाट बेच्नेहरुको खातामा साउनमा मात्र पैसा जान्छ । त्यसैले विशेष अस्ति र हिजो बिक्रेता बढेका हुन् ।” अर्थतन्त्र लयमा फर्किने आशाले पनि बजार बढेको राणभाटले बताए । 

नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसंगै लगानीकर्ताले पनि राम्रै नाफा पोल्टो पारेका छन् । भने १० कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । 

कारोबारको आधारमा आज शिवम् सिमेन्ट लिमिटेड अग्र स्थानमा छ । कम्पनीको ९ करोड २ लाख ९५ हजार बढीको कारोबार भएको हो । यस्तै एनआईसी एशिया बैंकको ८ करोड, नेपाल बैंकको ७ करोड र हिमालयन डिस्टिलरीको ५ करोड बढीको कारोबार भएको हो । 

वैदेशिक संञ्चितीको दर बढ्नु, ४/१२ को नीतिमा सुधार हुने तथा निक्षेप बढ्नु लगायतका हल्ला चल्न थालेपछि सोमबार सेयर बजारमा बिक्रेताको चाप बढेसंगै नेप्से एकै दिनमा ७७ अंकले घटेको थियो ।