चिनियाँ वैज्ञानिकहरूले गरे प्लास्टिक खाने रोबोट निर्माण, प्रदुषित महासागर सफा पार्ने

बिजमाण्डू
२०७९ असार २९ गते ११:४९ | Jul 13, 2022

चीनको दक्षिणपश्चिम क्षेत्रमा स्थित सिचुआन विश्वविद्यालयका चिनियाँ वैज्ञानिकहरूको टोलीले माइक्रोप्लास्टिक्स "खाने" रोबोट माछा विकास गरेका छन्। यो माछा नरम र आकारमा केवल १।३ सेन्टिमिटरको भएको उनीहरूले जानकारी दिएका छन्।

Tata
GBIME

यस रोबोट माछाले एक दिन संसारको प्रदूषित महासागरहरू सफा गर्न मद्दत गर्न सक्छ भन्ने उक्त वैज्ञानिकहरूको टोलीले दाबी गरेका छन्। यी रोबोटहरूले पहिले नै श्यालो/उथले पानीमा माइक्रोप्लास्टिक्स खाइ सकेका छन्।

सोही टोलीको एक अनुसन्धानकर्ता, वाङ युयानका अनुसार उनीहरूले हाल सतही पानीमा यो परीक्षण गरेका हुन्। बिस्तारै गहिराईमा  पनि माइक्रोप्लास्टिकहरू बटुल्न र रियल टाइममा  समुद्री प्रदूषणको विश्लेषण गरी जानकारी प्रदान गर्ने लक्ष्य राखेका छन्।

उनी भन्छन्, ‘हामीले हल्का तौल भएका  साना रोबोट विकास गरेका छौँ। यसलाई धेरै कुराहरूको लागि प्रयोग गर्न सकिन्छ, उदाहरणका लागि बायोमेडिकल वा जोखिमपूर्ण कामहरुमा, यो रोबोट यति सानो छ कि यसलाई मानिसको शरीरको कुनै भागमा स्थानीयकरण गरेर कुनै पनि रोग हटाउन प्रयोग गर्न सकिन्छ।’

यो कालो रङ्गको रोबोट माछालाई प्रकाशले विकिरण गरिएको छ जसले यसको पखेटा चलाउन र शरीरलाई घुमाउन मद्दत गर्दछ।अन्य माछा वा जहाजहरूबाट ठोकिनबाट बच्न वैज्ञानिकहरूले प्रकाश प्रयोग गरेर माछा नियन्त्रण गर्न सक्छन्।

यो पोलियुरेथेनबाट बनेको हुनाले संयोगवश यो रोबोटलाई अन्य माछाले खायो भने पनि कुनै हानी नगरी माछाहरूले यसलाई पचाउन सक्ने वाङ बताउँछन् ।

यो माछाले प्रदूषणहरू सोस्ने क्रममा क्षतिग्रस्त हुँदा पनि आफैलाई पुन: संचालन गर्न सक्छ। यसले २.७६ शरीर लम्बाइ प्रति सेकेन्डसम्म पौडी खेल्न सक्छ जुन धेरै जसो नरम रोबोटहरू भन्दा छिटो हो।

"हामी प्रायः (माइक्रोप्लास्टिक) सङ्कलनमा काम गरिरहेका छौं। यो एक नमूना रोबोट जस्तै हो र यसलाई बारम्बार प्रयोग गर्न सकिन्छ," उनले भने। (रोयटर्सबाट साभार)