एनआईबीएल एस र उपाय बिजनेस सोलुसनबीच सम्झौता, समन्वयमा सेवा प्रभावकारी बनाउने

बिजमाण्डू
२०७९ असार २४ गते १६:२९ | Jul 8, 2022
एनआईबीएल एस र उपाय बिजनेस सोलुसनबीच सम्झौता, समन्वयमा सेवा प्रभावकारी बनाउने


काठमाडौं। एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुसनबीच सेवाहरुमा समन्वय गर्ने सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको एनआईबीएस एस र उपाय बिजनेस दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुसन प्रालिको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन्। 

सम्झौता पछि दुवै संस्थाका ग्राहकहरुको व्यवसायिक जटिलताको समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धी सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा उपलब्ध गराइने बताइएको छ।

भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गर्ने तयारी छ।