इन्टरनेट सटडाउन हुँदा विश्व अर्थतन्त्रमा १० अर्ब डलर माथिको क्षति, रसिया सबैभन्दा बढी प्रभावित

बिजमाण्डू
२०७९ असार २४ गते १०:५९ | Jul 8, 2022
इन्टरनेट सटडाउन हुँदा विश्व अर्थतन्त्रमा १० अर्ब डलर माथिको क्षति, रसिया सबैभन्दा बढी प्रभावित

काठमाडौं। विश्वका विभिन्न देशहरुमा इन्टरनेट ‘सटडाउन’ हुँदा विश्व अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति पुगेको छ। टप १० भीपीएनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार इन्टरनेटमा आएको अवरोधका कारण समग्र २०२१ को तुलनामा २०२२ को पहिलो ६ महिनामै विश्व अर्थतन्त्रमा त्यसको दोब्बरले क्षति पुगेको छ। 

Tata
GBIME
Nepal Life

टप १० भीपीएनले विश्वका विभिन्न १६ देशहरुमा भएका मुख्य सटडाउनलाई आधार बनाएर उक्त तथ्यांक सार्वजनिक गरेको हो। गत वर्ष २०२० मा ५० वट मुख्य सटडाउन भएर पाँच अर्ब ४५ करोड डलर क्षति पुगेको थियो। २०२१ मा विश्व अर्थतन्त्रमा १० अर्ब ६० करोड डलर क्षति पुगेको छ।  

प्रतिवेदनका अनुसार इन्टरनेटमा तीन प्रकारको सटडाउन भएका छन्। इन्टरनेट ब्ल्याकआउट्स, सोसल मिडिया सटडाउन्स् र सिभियर थ्रोट्टलिङ (मोबाइल नेटवर्कबाट भ्वाइस कल र टेक्स्ट मेसेज मात्रै आदानप्रदान हुने) का कारण इन्टरनेट सटडाउन भएका छन्। 

१० अर्ब ६० करोड डलरको सबैभन्दा बढी हिस्सा रसियाको भागमा परेको छ। प्रतिवेदनका अनुसार इन्टरनेट सटडाउनका कारण रसियाली अर्थतन्त्रमा आठ अर्ब ७० करोड डलरको क्षति पुगेको छ। फेब्रुअरीमा युक्रेन माथि आक्रमण सुरु गरेसँगै चर्किएको प्रदर्शनलाई नियन्त्रणमा लिन रसियामा इन्टरनेट ब्ल्याकआउट सुरु भएको थियो। 

सुडान, सिरिया र अल्जेरियाले भने परीक्षामा चिट चोर्ने काम नियन्त्रण गर्न इन्टरनेट सेवा बन्द गरेको थियो। क्षति हिसाब गर्न टप १० भीपीएनले नेटब्लक्स र इन्टरनेट सोसाइटीको कस्ट अफ सटडाउन टुल प्रयोग गरेको जनाएको छ। 

‘क्षेत्रीय सटडाउनको क्षति लागत राष्ट्रिय जीडीपीको अनुपातको रुपमा उक्त क्षेत्रको आर्थिक उत्पादनबाट लिइएको छ,’ प्रतिवेदनमा उल्लेख छ। 
आंशिक सटडाउन लागत प्रभावित देशहरूको लागि नवीनतम् सार्वजनिक रूपमा उपलब्ध इन्टरनेट बजार-साझेदारी जानकारीको अनुपातमा गणना गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।