राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक, एमाले सांसदले गरे बैठक बहिस्कार

बिजमाण्डू
२०७९ असार १३ गते १९:०६ | Jun 27, 2022
राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक, एमाले सांसदले गरे बैठक बहिस्कार

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ।

Tata
GBIME

प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो।

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले भने राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए।