सूर्या लाइफ र ज्योति लाइफले गरे मर्जरको सैद्धान्तिक सहमति, स्वाप रेसियो तय हुनै बाँकी

बिजमाण्डू
२०७९ असार १२ गते २०:४४ | Jun 26, 2022
सूर्या लाइफ र ज्योति लाइफले गरे मर्जरको सैद्धान्तिक सहमति, स्वाप रेसियो तय हुनै बाँकी

काठमाडौं। संचालनमा आएका कान्छा जीवन बीमा कम्पनीहरुमध्येका सूर्या लाईफ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबिच मर्जरका लागि सैद्धान्तिक सहमति भएको छ।

Tata
GBIME

आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी यी दुई बीमा कम्‍पनीहरुले एक आपसमा गाभिनका लागि सम्झौता गरेका हुन्।

सम्झौतापत्रमा सूर्या लाइफका तर्फबाट कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन्।

'आज मर्जरमा जाने सैद्धान्तिक सहमति भएको हो। बाँकी डीडीए आएपछि स्वाप रेसियो निर्धारण गरिने छ,' सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बताए।

बीमा समितिको निर्देशन अनुसार आगामी चैत समान्तभित्र जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने छ।

चुक्ता पुँजी वृद्धिका लागि बीमा समितिको यही बाध्यकारी व्यवस्थाका कारण यी दुई कम्पनी मर्ज हुन लागेका हुन्।

हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ छ। मर्जरपछि दुई कम्पनीको चुक्ता पुँजी पाँच अर्बनजिक (४ अर्ब ९७ करोड) पुग्नेछ।