यो वर्ष विश्व उड्डयन उद्योगको घाटा कम हुने आयटाको प्रक्षेपण, माग बढ्दा अकुपेन्सी दर ८३% पुग्यो

बिजमाण्डू
२०७९ असार ७ गते ०९:५० | Jun 21, 2022
यो वर्ष विश्व उड्डयन उद्योगको घाटा कम हुने आयटाको प्रक्षेपण, माग बढ्दा अकुपेन्सी दर ८३% पुग्यो

काठमाडौं। अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)ले विश्व उड्डयन उद्योगको वित्तीय घाटा द्रुत गतिले घट्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै यतिखेर विश्व हवाई यातायातमा यात्रु अकुपेन्सी दर ८३ प्रतिशतले कायम भएसँगै वित्तीय व्यय घट्ने प्रक्षेपण गरिएको हो।

यो उद्योग सोचेभन्दा द्रुत रुपमा पुनरोत्थान भएका कारण समग्र घाटामै गिरावट आउने प्रक्षेपण गरिएको संगठनले जनाएको छ।

सन् २०२०मा करिब एक खर्ब अमेरिकी डलर घाटा व्यहोरेको उड्डयन उद्योगले सन् २०२१ मा ४२ अर्ब अमेरिकी डलर वित्तीय घाटा व्यहोरेको थियो। सन् २०२३ सम्ममा विश्व उड्डयन उद्योग पूर्ण रुपमा सामान्य अवस्थामा फर्कने संगठनले जनाएको छ।

'वायुसेवा कम्पनी लचिलो अवस्थामा आइसकेका छन्। हवाई यातायात सेवा लिने यात्रुको संख्या वृद्धि हुन थालिसकेको छ। कार्गो उडान सेवाको माग पनि उल्लेख्य आइरहेको अवस्था छ।' संगठनका महानिर्देशक विली वाल्सले विवरणमा भनेका छन्।' आउँदो सन् २०२३ अघिसम्म करिब १० अर्ब अमेरिकी डलर घाटा न्यूनिकरण हुने देखिएको छ।'

आयटाले तयार पारेको विवरण अनुसार यो वर्ष उत्तर अमेरिका मुनाफामा आउनेछ। आन्तरिकतर्फको उडान सेवा अत्यधिक भएका कारण यो क्षेत्र मुनाफामा आउने सम्भावना धेरै रहेको बताइएको छ। रुस र युक्रेन बीचको युद्धका कारण युरोपेली मुलुकमा संचालित वायुसेवालाई भने घाटा न्यूनिकरणमा अझै समय लाग्ने जनाइएको छ।