मर्जर समझदारी गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको दोस्रो बजार सेयर कारोबार आजबाट रोक्का

बिजमाण्डू
२०७९ जेठ ३० गते १२:३१ | Jun 13, 2022
मर्जर समझदारी गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको दोस्रो बजार सेयर कारोबार आजबाट रोक्का

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटडेको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ। एक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै सोमबारदेखि सेयर कारोबार रोक्का भएको हो। 

Tata
GBIME
Nepal Life

दुवै बैंकले जेठ २७ मा समझदारी गरेका थिए। गाभिने प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिएको हो। मर्जरपछि बैंकको नाम ’नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहनेछ। इन्भेष्टमेन्ट बैंकले प्रति सेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभ्ने भएको हो। 

मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन्। हिमालयन बैंकसँग मर्जर प्रक्रिया तोडिएपछि इन्भेष्टमेन्टले मेगासँग छलफल अघि बढाएको थियो। दुवै संस्थाबीच मर्जरको पहल डेढ महिना अघिबाटै सुरु भएको थियो।  

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ। यस्तै मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ छ। 
मर्जर पश्चात मेगा बैंकबाट नेपाल इन्भेष्टमेन्टमा १४ अर्ब ५० करोड रुपैयाँ थपिने छ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ। त्यसले इन्भेष्टमेन्ट मेगा मुलुककै ठूलो वाणिज्य बैंक हुने भएको छ।