
काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले देशका विभिन्न नौ ठाउँहरुमा विद्युत काटिएकाले ब्याकअप प्रणाली प्रयोग गरेर इन्टरनेट दिइरहेको जनाएको छ।
इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहबी, लहान र डोटीमा ब्याकअप प्रणाली प्रयोग गरेर इन्टरनेट सेवा दिइरहेको भन्दै आइस्पानले यी स्थानहरुमा जुनसुकै बेला सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ।
‘ब्याकअप प्रणालीले धान्न छोडेपछि यी स्थानहरुमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ,’ आइस्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले गैरकानुनी रुपमा सेवा प्रदायकहरुको इन्टरनेट प्वाइन्ट, डेटा सेन्टर, पीओपी र दूरसंचार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काटेकाले ब्याकअप प्रयोग गर्नुपरेको आइस्पानले जनाएको छ।
सरकारले पोलभाडा विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार प्राधिकरण राजी भए मात्रै सेवा प्रदायकहरु पोलभाडा तिर्ने बताउँदै आएका छन्।